काठमाडौं, भदौ १९ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल अस्थायी रूपमा बन्द हुने परिस्थितिमा खलबलिएका सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने अवसरका रूपमा लिन आह्वान गर्नुभएको छ ।
सरकारले सामाजिक सञ्जाल सूचीकरण प्रक्रियामा आउन आग्रह गर्दा पनि अटेर गर्ने कम्पनीहरूलाई क्रमशः निष्क्रिय पार्ने तयारी गरेको छ । सञ्चार मन्त्रालयका अधिकारीहरूका अनुसार फेसबुक, युट्युबसहितका सञ्जालहरूलाई दर्ता हुन आउन यही भदौ ९ गतेदेखि एक साताको समय सीमा दिइएको थियो, जुन बुधबार मध्यरातिबाट सकिएको छ । अब मन्त्रीस्तरीय निर्णयमार्फत यस्ता प्लेटफर्म निष्क्रिय गर्ने प्रक्रिया अघि बढ्ने बताइएको छ ।
सोही सन्दर्भमा महासचिव पोखरेलले फेसबुकमार्फत लेख्नुभएको छ, ‘सामाजिक सञ्जाल बन्द भई नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिस गरौँ, सुखद अनुभूति हुनेछ ।’













प्रतिक्रिया दिनुहोस्