जनता टाइम्स

१९ भाद्र २०८२, बिहीबार १६:१२

सचिवालय बैठकअघि कर्ण थापाले दर्ता गराए फरक मत, बिचारमा भने दखिएनन् असहमत


काठमाडौं, भदौ १९ । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले विधान महाधिवेशनमा फरकम मत दर्ता गराउनु भएको छ ।

लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध अभियान चलाउनु भएका थापाले विधान माधिवेशनको सन्दर्भमा निर्णय लिन सचिवालय बैठक सुरु हुनुअघि आज केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराउनु भएको हो ।

पार्टी कार्यालय च्यासल पुगेर पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने, ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने विषयमा फरक मत दर्ता गरेको बताउनु भयो । ओलीबिरोधी अभियानका अभियन्ता थापाले पार्टी लोकतान्त्रिक विधिबाट सञ्चालन नभएको आरोप पनि लगाउनु भएको छ । थापाले फरक मत भने पनि निर्णयको बिरुद्धमा मात्र मत दर्ता गराउनु भएको छ ।

‘प्रथम विधान महाधिवेशनदेखि अहिलेको विधान महाधिवेशनसम्म आइपुग्दा गरेको निर्णय, भएका कामहरू, हाम्रा विधि, मूल्य मान्यता अनुसार पार्टी चलेको छैन, पार्टी लोकतान्त्रिक विधि अनुसार चलेका छैनन,’ थापाले भन्नुभयो ।

थापाले केन्द्रीय कमिटीमा जानकारी गराएको विषयलाई नै आज दर्ता गराउनु भएको हो ।