जनता टाइम्स

२१ भाद्र २०८२, शनिबार ११:५७

एमाले विधान महाधिवेशन : समसामयिक राजनीतिक प्रस्ताव तयारी समितिको संयोजकमा याेगेश भट्टराई


काठमाडौँ, भदौ २१ । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनका लागि समसामयिक राजनीतिक प्रस्ताव तयार गर्न सात सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिको संयोजक सचिव योगेश भट्टराईलाई तोकिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार समिति घोषणा गर्नुभएको हो । समितिमा स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल, केन्द्रीय सदस्य माधव ढुङ्गेल, उषाकला राई र सृजना काफ्ले सदस्य रहनुभएको छ ।

संयोजक भट्टराईका अनुसार समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकासम्बन्धी चासोलाई समेट्दै महाधिवेशनको धारणा तय गर्नेछ ।