जनता टाइम्स

२३ भाद्र २०८२, सोमबार १२:५३

आन्दोलन अनियन्त्रित भएपछि जेन–जीले भन्यो सबै घर फर्कनु 


काठमाडौं, भदौ २३ । भ्रष्ट्राचार नियन्त्रण र सामाजिक सञ्जालमा लगाएको  प्रतिबन्ध हटाउन माग गर्दे विरोधमा प्रदर्शनमा उत्रिएका जेन–जी पुस्ताको आन्दोलन अनियन्त्रित बनेपछि आयोजकले सबैलाई  घर फर्कन आह्वान गरेको छ ।

बानेश्वरमा निषेधित क्षेत्र तोडेर संसद् भवन बाहिरको पर्खालमा समेत क्षति पुर्‍याउने गरी भिड अराजक बनेपछि आयोजकले सबैलाई घर फर्कन आग्रह गरेको हो । आयोजकले आन्दोलनमा घुसपैठ भएको बताएको छ ।

प्रदर्शनकारीहरूले संसद् भवनको दुई नम्बर गेटमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् । प्रदर्शनकारीले ढुंगामुढासहित संसद् भवनको २ नम्बर गेटको पर्खाल भत्काएका छन् ।

आन्दोलन उग्र भएपछि प्रहरीले पानीका फोहरा र रबरका बुलेट चलाएको छ । स्थिति नियन्त्रणमा निल बानेश्वर क्षेत्रमा कर्फ्य आदेश जारी भएको छ ।