काठमाडाैं, भदाै २३ । जेन जी आन्दोलनका क्रममा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।
गोली लागेर घाइते भई विभिन्न अस्पतालमा उपचाररत १३ जनाको ज्यान गएको हो । नयाँ बानेश्वरस्थित संसद् भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एक जनाको गोली लागेर त्यहीँ मृत्यु भएको छ ।
सबैभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा ६ जनाको मृत्यु छ। त्यस्तै, नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३ जना, सिभिल अस्पतालमा उपचाररत ३ जना, सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १–१ जनाको निधन भएको छ।
प्रदर्शनकारीसँगै सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि घाइते भएका छन् । त्यसको विस्तृत आउन बाँकी छ ।
घाइतेहरूको अत्यधिक चाप बढेपछि सिभिल अस्पतालले अन्य अस्पतालमा बिरामी रिफर गरेको छ। त्यहाँबाट उपचार सम्भव नभएका घाइतेलाई ट्रमा सेन्टर, केएमसी र त्रिवि शिक्षण अस्पतालतर्फ पठाइएको छ।













प्रतिक्रिया दिनुहोस्