जनता टाइम्स

२३ भाद्र २०८२, सोमबार १६:३९

 जेन-जी आन्दोलनबारे छलफल गर्न कांग्रेस सभापतिले बोलाए पदाधिकारी बैठक 


काठमाडौं, भदाै २३ । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध देशभर उग्र बनेको जेन-जी आन्दोलनलाई मध्यनजर गर्दै सत्तारुढ नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले सोमबार साँझ ५ बजे आफ्नै निवास बुढानीलकण्ठमा बैठक बोलाउनु भएको हो । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा सरकारको निर्णय, जेन-जी आन्दोलनको प्रभाव, पार्टीको आगामी कदमबारे छलफल हुने छ।

यसअघि आजै पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई भेटेर आन्दोलनको अवस्था र सामाजिक सञ्जाल बन्द निर्णयबारे जानकारी गराएका थिए। महामन्त्रीद्वयको सुझावपछि सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष संवाद गरेर समस्याको समाधान खोज्ने आश्वासन दिनुभएको थियो ।