काठमाडौं, भदौ २३। आइतबार भएको जेन-जी पुस्ताको विरोध प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । गृह मन्त्रालयले उक्त तथ्याङ्क पुष्टि गरेको हो।
मन्त्रालयका अनुसार प्रदर्शन नियन्त्रणका क्रममा विभिन्न स्थानमा भएका घटनामा १९ जनाको ज्यान गएको हो। सो घटनामा ३०० भन्दा बढी घाइते भएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार देशभरका १३ वटा अस्पतालमा ३ सय ४७ जना घाइतेको उपचार भइरहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडाैंकाे सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ भने १ सय जनाको उपचार भइरहेको छ । नेसनल ट्रमा सेन्टरमा ८ जनाको मृत्यु भएको छ भने ५९ जनाको उपचार भइरहेको छ । त्यस्तै एभरेष्ट अस्पतालमा तालमा ३ जनाको मृत्यु भएको छ । त्यहाँ अन्य १ सय २ जनाको उपचार भइरहेको छ ।
यसै गरी काठमाडाैं मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा २ जनाको मृत्यु भएको छ । त्यहाँ अन्य ३७ जनाको उपचार भइरहेको छ ।
टियुकाे टिचिङ अस्पतालमा एक जनाको मृत्यु भएको छ । त्यहाँ अन्य १८ जनाको उपचार भइरहेको छ । उता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको ज्यान गएको छ । त्यहाँ ४ जनाको उपचार भइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्