काठमाडौं, भदौ २३ । गृहमन्त्री रमेश लेखकले सोमबार राजीनामा दिनुभएको छ।
जेन-जी पुस्ताले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको निधन भएपछि उहाँले नैतिक जिम्मेवारी स्वीकार गर्दै पदत्याग गर्नुभएको हो।
आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री लेखकले आफ्नो राजीनामा बुझाउनुभएको हो।
त्यसअघि साँझै बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकमा उहाँले राजीनामा दिने निर्णय सुनाउनुभएकाे थियाे ।













प्रतिक्रिया दिनुहोस्