काठमाडौं, भदौ २३। मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बसेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा,राजीनामा दिएका गृह मन्त्री रमेश लेखकलगायत दुवै दलका शीर्ष नेता सहभागी हुनुहुन्छ ।
बैठकमा आजकाे हिंसात्मक आन्दाेलनका बारेमा छलफल भएको छ । साथै सामाजिक सञ्जाल पुनः सञ्चालन गर्नेबारे छलफल गरी निष्कर्षमा पुग्ने बताइएको छ ।














प्रतिक्रिया दिनुहोस्