काठमाडौं, भदौ २४ । जेनजी पुस्ताको आन्दोलनमा सोमवार कुरुक्षेत्र बनेको नयाँ बानेश्वर क्षेत्र भोलिपल्ट बिहान अर्थात आज शान्त देखिएको छ ।
सोमबार आन्दोलन हिंस्रक बनेपछि रणमैदान बनेको संघीय संसद् भवन आसपासको क्षेत्र मंगलबार बिहान भने सामान्य देखिएको हो । ठूलो मात्रामा जनधनको क्षती भएको सो क्षेत्रमा आन्दोलनकारीले प्रहार गरेको तोडफोड र टुंगा हानाहानले सडक र आसपासका क्षेत्र भने असामान्य नै देखिएका छन्।
स्थिति भडकिन नदिन स्थानीय प्रशासनले काठमाडौंको चक्रपथ क्षेत्रभित्र आज बिहान ८ः३० बजेबाट पुनः अनिश्चितकालीन कर्फ्यु लगाएको छ । अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम काठमाडौं जिल्ला प्रशासनले कर्फ्यु लगाएको हो ।
सोमबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा १९ जनाको ज्यान गएको छ भने दुई सय बढी घाइते छन । सो घटनापछि गोली हान्न आदेश दिएको नैतिक जिम्मेवारी लिई गृहमन्त्री रमेश लेखकले राजनीनामा दिनुभएको छ भने सरकारले घटनाको छानविन गर्न समिति बनाउने निर्णय गरेको छ ।
















प्रतिक्रिया दिनुहोस्