जनता टाइम्स

२४ भाद्र २०८२, मंगलवार ०८:५७

जेन–जी आन्दोलन : ललितपुरमा पनि कर्फ्यु 


काठमाडौं, भदौ २४ । जेन–जी आन्दोलनका कारण हुनसक्ने हिंसात्मक घटनालाई ध्यानमा राखी ललितपुर जिल्लामा पनि कर्फ्यु लगाइएको छ ।

ललितपुरका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जारी गरेको आदेशमा ललितपुर महानगरपालिकाका वडा नं ४, १८ र २५ को भैँसेपाटी क्षेत्र, वडा नं २ स्थित सानेप इन्द्रायणी मार्ग आसपास क्षेत्र र वडा नं ९ को च्यासल क्षेत्रमा आज बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको हो ।

जेन–जीले सोमबार गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु मंगलबार पनि प्रदर्शन हुन सक्ने आशङ्कामा विभिन्न जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।