काठमाडौं, भदौ २४ । जेनजी आन्दोलनमा उत्रिएका युवाहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा आक्रमण गरेका छन ।
बुढानिलकण्ठस्थित देउवा निवासमा प्रदर्शनकारीहरुले ढुंगामुढा गरेका हुन । यस्तै प्रदर्शनकारीले राजीनामा दिएका गृहमन्त्री रमेश लेखकको घरमा पनि आक्रमण गरेका छन ।
यसअघि नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आक्रमण र आगजनी भइसकेको छ ।













प्रतिक्रिया दिनुहोस्