काठमाडौं, भदौ २४ । जेनजी पुस्ताका आन्दोलनकारीहरूले मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा तोडफोड र आगजनी गरेका छन् ।
राजधानीलगायत देशका विभिन्न स्थानमा भएको दमनप्रति आक्रोश व्यक्त गर्न बिहानैदेखि सानेपामा भेला भएका युवाहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । केही समयपछि उनीहरूले पार्टी कार्यालयमा प्रवेश गर्दै तोडफोडसहित आगजनी गरेका हुन् ।
आन्दोलनकारीहरूले पार्टी नेतृत्वमाथि सरकारसँग सहकार्य गरेर दमनको साझेदार बनेको आरोप लगाउँदै कडा विरोध जनाएका थिए । आगजनीपछि कार्यालय परिसरमा सुरक्षाकर्मी परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
काठमाडौंमा सोमबार भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि देशभरै विरोध चर्किएको छ । सोही घटनाको प्रतिक्रिया स्वरूप कांग्रेस पार्टी कार्यालयमा आगाे लगाइएकाे हाे ।













प्रतिक्रिया दिनुहोस्