काठमाडौं, भदौ २४ । सोमबार १९ जना युवाको मृत्यु भएको विरोधमा मंगलबार काठमाडौंमा उत्रिएका आन्दोलनकारीहरूले व्यापक आगजनी र तोडफोड गरेका छन्।
आन्दोलनकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निजी निवासमा आगो लगाएका छन्।
मंगलबार बोहोराटारस्थित राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी भएको छ भने बालकोटस्थित प्रधानमन्त्री ओलीको घरमा पनि आगो लागेको छ।
त्यसैगरी, रातोपुलस्थित गगन थापाको घरमा आन्दोलनकारीहरूले आगजनी गरेको मात्र नभई घरमा रहेको गाडीमा समेत आगो लगाएका थिए।
काठमाडौंमा भएका हिंसात्मक घटनाले राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ।













प्रतिक्रिया दिनुहोस्