जनता टाइम्स

४ मंसिर २०७६, बुधबार ०७:२८

मन्त्रीपरिषद पुनर्गठनको तयारी, नेकपा सचिवालय बैठक बस्दै


काठमाडौं, कात्तिक ४ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । एकता बाँकी काम पूरा गर्न र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न थालेको उहाँले जानकारी दिनुभयो ।

एकताको अधिकांश काम सकिए पनि केही कमिटीको मात्र बाँकी रहेका छन् । पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर गर्न लागेको जानकारी दिनुभएको हो ।

यसैवीच ‘प्रधानमन्त्रीले मन्त्रीपरिषद पुनर्गठन गर्ने निर्णय सुनाउनु भएको छ, मिति नै चाँहि तोक्नु भएको छैन,’ बैठकपछि एक मन्त्रीले जनताटाइम्ससँग भने, ‘मन्त्रिपरिषद पुनर्गठन निश्चित भयो, आज पनि हुन सक्छ, एक दुई दिन पछि पनि हुनसक्छ ।’ ती मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले पार्टीमा सवैलाई मिलाउनका लागि मन्त्रिपरिषद पुनर्गठन गर्नै जानकारी गराउँदै कार्वाही स्वरुप हटाएको रुपमा नबुझ्न र जो हटे पनि सहज रुपमा लिन निर्देशन समेत दिनुभएको छ ।

‘कुनै पनि मन्त्रीलाई कार्वाही गरेर हटाउन लागिएको होइन, अहिलेको आवश्यकताअनुसार काममा थप गति दिनसक्ने र नयाँलाई पनि प्राथमिकतामा राख्नुपरेकोले हेरफेर गर्न लागिएको हो,’ बैठकमा प्रधानमन्त्री ओलीको भनाई थियो । बैठकमा प्रधानमन्त्री ओलीले कुन कुन मन्त्री हट्दैछन भन्ने बिषयमा समेत छलफलपछि टुंगो लगाउने बताएर कुनै जानकारी दिनुभएन ।