जनता टाइम्स

२४ भाद्र २०८२, मंगलवार १४:५०

राप्रपाका सांसदहरूको सामूहिक राजीनामा  


काठमाडौं, भदौ २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरूले सामूहिक राजीनामा दिने गर्ने निर्णय गरेका छन्।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार देशमा विकसित पछिल्ला घटनाक्रमले वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेको निष्कर्षसहित पार्टीका सांसदहरूले सामूहिक राजीनामा दिएका हुन् ।

पार्टीले जारी गरेको विज्ञप्तिमा आन्दोलनरत जेन जी पुस्ताले उठाएका मागहरूको सम्बोधन गर्दै नवीन समझदारीको बाटोमा अघि बढ्न सबै पक्षलाई अपील गरिएको छ।

यस निर्णयसँगै राप्रपाको आगामी राजनीतिक रणनीति र आन्दोलनका कार्यक्रमबारे चाँडै जानकारी दिइने प्रवक्ता श्रेष्ठले जनाउनुभएकाे छ।