जनता टाइम्स

२४ भाद्र २०८२, मंगलवार १५:०२

आन्दोलनकारीद्वारा संसद भवनमा पनि आगजनी


काठमाडौं, भदौ २४ । जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले मंगलबार संसद भवन परिसरमा आगजनी गरेका छन्।

प्रहरीले रोकेपछि उनीहरूले केहीबेरमै भवनको गेट अगाडि नै आगो लगाएका थिए। नयाँ बानेश्वर र माइतीघरमा भएको जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् उग्र बनेको हो।

प्रदर्शनकारीहरूले सिंहदरबार परिसरमा समेत आगजनी गरेका छन् भने विभिन्न राजनीतिक दलका पार्टी कार्यालय र शीर्ष नेताहरूको निजी निवासमा तोडफोड र आगजनी गर्ने घटनाहरू भइरहेका छन्।