काठमाडौं, भदौ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नख्खु कारागारबाट बाहिरिनुभएको छ। सहकारी ठगी प्रकरणमा थुनामा रहनुभएका उहाँलाई आज दिउँसो जेलमुक्त गरिएको हो।
स्रोतका अनुसार प्रहरीले पर्याप्त सुरक्षा व्यवस्था गर्न नसकेपछि उहाँलाई श्रीमती निकिता पौडेलको जिम्मामा छाडिएको हो।
लामिछाने जेलमुक्त भएपछि राजनीतिक वृतमा चासो थपिएको छ। उहाँको पार्टी रास्वपाले हालै संसद्मा सामूहिक राजीनामाको घोषणा गरिसकेको छ । देशभर जेनजी आन्दोलनका कारण प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुभएकाे छ । अबकाे राजनीति कसरी अघि बढ्छ भन्ने अन्याैलता कायम नै छ ।














प्रतिक्रिया दिनुहोस्