जनता टाइम्स

२४ भाद्र २०८२, मंगलवार १६:२८

जेनजीलाई सम्बोधन गर्दै बालेन : सेना प्रमुखसँग वार्ता गर्न तयार रहनुहोला, संसद् विघटन अनिवार्य छ


काठमाडौं, भदाै २४ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आन्दोलनकारीलाई सरकारको नेतृत्व गर्न तयार हुन आग्रह गर्नुभएकाे छ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आइसकेकाले संयमित हुन आग्रह गरे ।

मेयर बालेनले भन्नुभएकाे छ, ‘हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त जेनजीको आन्दोलन हो । तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला ।’

उहाँले सत्ताको नेतृत्वका लागि सेना प्रमुखसँग वार्ता गर्न तयार हुन आग्रह पनि गर्नुभएकाे छ । ‘देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला । साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला,´ बालेनले लेख्नुभएकाे छ ।

उहाँले वार्ताका लागि संसद् विघटन हुनुपर्ने शर्तसमेत राख्नुभएकाे छन । ‘तर याद रहोस्— वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्छ,’ बालेनले लेख्नुभएकाे छ ।