काठमाडौं, भदौ २४। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई जना प्रतिनिधि सभा र चार जना प्रदेश सभा सदस्यहरूले पदबाट सामूहिक राजीनामा दिएका छन्।
प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठ र अरुण चौधरीले राजीनामा दिएका छन्। यस्तै, लुम्बिनी प्रदेशसभामा संसदीय दलका नेता धर्म चौधरीसहित राजकुमार चौधरी, नरमाया ढकाल र निर्मलादेवी चौधरीले पनि पदबाट राजीनामा दिएका छन् ।
लुम्बिनी प्रदेशका चार सांसदहरूको तर्फबाट सामूहिक राजीनामा पत्र सभामुखलाई बुझाइसकिएको संसदीय दलका नेता धर्म चौधरीले जानकारी दिनुभयाे। प्रतिनिधि सभामा रहेका दुई सांसदले पनि सभामुखलाई राजीनामाको जानकारी गराइसकेको जनाइएको छ।
उहाँहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आफूहरूले औपचारिक रूपमा राजीनामा दिएको पुष्टि गर्नुभएकाे छ ।













प्रतिक्रिया दिनुहोस्