जनता टाइम्स

२५ भाद्र २०८२, बुधबार ०८:४७

जुम्ला कारागारबाट ३६ कैदी फरार


काठमाडौं, भदौ २५ । जुम्ला जिल्ला कारागारबाट ३६ जना कैदी भागेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार हिजो राति कैदीहरूले कारागार तोडफोड गरेर भागेका थिए।

प्रहरीले जनाएको अनुसार ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि कुटपिट गरेर उनीहरू फरार भएका हुन्। भाग्ने क्रममा केही कैदीलाई नियन्त्रणमा लिइएको भए पनि ३६ जना अझै सम्पर्कमा आएका छैनन्।

फरार भएकाहरूको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको र आसपास क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ। घटना भएपछि कारागार र वरिपरिको क्षेत्रलाई विशेष निगरानीमा राखिएको छ।

प्रहरीका अनुसार फरार कैदीहरूको खोजतलास जारी छ।