काठमाडौं, भदौ २५ । बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा गएराति भएको झडपमा ५ जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेको बुझिएको छ। घाइते दुई जनाको भने अहिले भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सुधारगृहमा बन्दीहरू भाग्ने प्रयास गर्ने क्रममा झडप भएको थियो। त्यसक्रममा प्रहरीले नियन्त्रणको प्रयास गरे पनि झडप चर्किँदै गएपछि स्थिति तनावपूर्ण बनेको थियो। केही युवा भने सुधारगृहबाट भाग्न सफल भएको प्रहरीले जनाएकाे छ ।
प्रहरीले भागेका बन्दीहरूको खोजतलास सुरु गरेको र घटनास्थल आसपासमा सुरक्षा सतर्कता बढाइएको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्