जनता टाइम्स

४ मंसिर २०७६, बुधबार ०९:०३

नेकपाको सचिवालय बैठक आज दिउँसो साढे १२ बजे


 

काठमाडौँ, कात्तिक ४ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार विहान वस्ने भनिएको बैठक आज दिउसो बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक दिउँसो साढे १२ बजेपछि बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु हेरफेर गर्न लागेका बताइसकेको परिवेशमा बस्न लागेको बैठकमा सोही विषयमा मुख्यगरी छलफल हुने जनाइएको छ ।
यस्तै बैठकमा एकता बाँकी काम पूरा गर्ने र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ । यस्तै बैठकमा सांगठनिक विषयसँगै स्थायी समितिको बैठक बोलाउने विषयमा पनि छलफल हुने सम्भावना रहेको नेता श्रेष्ठले बताएका छन् ।