जनता टाइम्स

२५ भाद्र २०८२, बुधबार १७:४६

अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई बनाउन जेनजीहरूबीच सहमति


काठमाडौं, भदौ २५ । पूर्वप्रधानन्यायाधीस सुशिला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन जेनजीहरूबीच सहमति जुटेको छ।

जेनजीहरूको खुला बैठकमा सहभागी ७ हजारभन्दा बढी मतदाताहरूमध्ये ४० प्रतिशतभन्दा बढीले कार्कीको नाममा सहमति गरेका हुन्।

कार्कीसँग कुरा गर्न सागर ढकाललाई तोकिएको र कार्कीले पनि जेनजीले चाहे आफू नेतृत्वका लागि तयार रहेको बताउनुभएकाे बताइएको छ ।