जनता टाइम्स

२५ भाद्र २०८२, बुधबार १८:५३

केन्द्रीय कारागार सुन्धाराबाट समेत कैदीबन्दी भागे


काठमाडौं, भदौ २५ । केन्द्रीय कारागार सुन्धाराबाट समेत कैदीबन्दी भागेका छन्।

हिजो रातिदेखि कैदीबन्दीहरूले कारागारभित्र होहल्ला र तोडफोड सुरु गरेपछि प्रहरीहरू सुरक्षाघेराबाट हटेका थिए। प्रहरी हटेपछि कैदीहरू ठूलो संख्यामा भागेका हुन्।

अधिकांश कैदी भागिसकेपछि मात्र नेपाली सेना परिचालन गरिएको थियो। अहिले सेनाले कारागारलाई नियन्त्रणमा लिएको छ।

भागेका केही कैदीहरूलाई पुनः नियन्त्रणमा ल्याइएको भए पनि धेरैजना अझै फर्किएका छैनन्।