काठमाडौं, २६ भदौ । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा तथा कर्फ्यू जारी राखेको छ।जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले सूचना जारी गर्दै नागरिकको जनधनको सुरक्षाका लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको जनाएको हो।
अत्यावश्यक कामका लागि आज बिहान ६ देखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म आवतजावत गर्न पाइने समय तोकिएको सेनाले जनाएको छ।यस्तै निषेधाज्ञा तथा कर्फ्यूको समयमा अत्यावश्यक सेवा एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दुध, तरकारी, पानी र औषधी ओसारपसार गर्ने सवारी साधन सञ्चालन गर्न सकिनेछ सेनाले जनाएको छ।
सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीहरूले आफ्नो परिचय पत्र देखाएर कार्यालयसम्म आवतजावत गर्न सकिने पनि सेनाले जनाएको छ। यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाएर विमानस्थलसम्म आ
वतजावत गर्न सक्नेछन्। काठमाडौं उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा परिस्थिति अनुरूप जिल्ला सुरक्षा समितिहरूबाट निर्णय तथा समन्वय गरिएबमोजिम हुने सेनाले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्