जनता टाइम्स

४ मंसिर २०७६, बुधबार ११:३६

राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको भेट, राष्ट्रपतिले दिनुभयो यस्तो सुझाव


काठमाडौं, मंसिर ४

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । दुई अध्यक्षबीच बालुवाटारमा पहिला छलफल भएपछि उहाहरु त्यसलगत्तै राष्ट्रपतिलाई भेट्न शितल निवास पुग्नु भएको थियो ।

अध्यक्षद्वय र राष्ट्रपतिबीच मन्त्रिपरिषद् पुनर्गठन लगायत पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीका बेला दुवै अध्यक्षले राष्ट्रपतिलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपी अहिलेसम्म को हट्ने र नयाँ को आउने भनेर सार्वजनिक गरिएको छैन ।

आजै दिउँसो १२ बजेपछि बोलाइएको नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको क्रममा मन्त्रीबाट हटाइएका र नयाँ थपिएका मन्त्रीहरुको विवरण राखिने भएको छ । त्यसपछि मात्र सार्वजनिक गरिने भएको हो ।