जनता टाइम्स

२६ भाद्र २०८२, बिहीबार १५:३६

मुलुकमा उत्पन्न विषम परिस्थितिलाई संवैधानिक दायराभित्रै समाधान गर्ने प्रयास भइरहेको छ : राष्ट्रपति


काठमाडौं, भदौ २६। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा उत्पन्न विषम परिस्थितिलाई संवैधानिक दायराभित्रै समाधान गर्ने प्रयास भइरहेको बताउनुभएकाे छ ।

बिहीबार राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा देशको वर्तमान चुनौतीपूर्ण परिस्थितिमा संविधानको मर्मअनुसार कसरी सहज र दिगो निकास निकाल्न सकिन्छ भन्ने विषयमा विचारविमर्श र सबै प्रयास भइरहेको छ। उहाँले सबै सरोकारवालालाई संयम अपनाउँदै शान्ति सुव्यवस्था कायम राख्न सहयोग गर्न अपील पनि गर्नु भएकाे छ ।

उहाँले भन्नु भएकाे छ, ‘देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु। आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु ।’