जनता टाइम्स

२८ भाद्र २०८२, शनिबार २२:४७

प्रधानमन्त्री सुशिला कार्कीको आपत्तिजनक अभिब्यक्ति : सुरक्षाकर्मी कुट्न खुलेयाम उक्साहट


काठमाडौं, भदौ २८ । प्रधानमन्त्री शुशिला कार्कीले कार्यभार सम्हालेलगत्तै सुरक्षाकर्मीलाई नै कुटपिट गर्न उक्साउदै आपत्तिजनक अभिब्यक्ति दिनुभएको भिडियो सार्वजनिक भएको छ ।

सामाजिक सञ्जालमा भाइरल बनेको प्रधानमन्त्री कार्कीले सुरक्षाकर्मी कुटन उक्साउनु भएको आवाज सुनिएको छ । जेनजी आन्दोलनको बेलमा प्रधानमन्त्री बन्नुभएकी कार्की शपथलगत्तै मन्त्रिपरिषदसमेत बिस्तार नगरी आफ्नै बिगतमा कालो पोत्दै प्रतिनिधि सभा बिघटन गरी दोस्रो दिन शनिवार घाइते भेटन बिभिन्न अस्पताल जानुभएको थियो ।

सो क्रममा प्रधानमन्त्री कार्कीले सिभिल अस्पताल मीनभवनका घाइतेसँग सुरक्षाकर्मीको मनोवल शून्यमा पुर्याउने गरी पदीय मर्यादाबिपरित आपत्तिजनक अभिब्यक्ति दिनुभएको भिडियोमा उल्लेख छ ।

प्रधानमन्त्री कार्कीले हिन्द फिल्म नायकको जसरी अगाडि पछाडि क्यामराको लस्कर लगाएर उपचाररत घाइतेलाई भेटन बेडमै पुग्नुभएको थियो । भिडियोमा देखिए अनुसार एक जना घाइतेसँग सुरक्षाकर्मी कुटन उक्साउँदै प्रधानमन्त्री कार्कीले भन्नुभएको छ, ‘बलियो रहेछ मान्छे त, खुस्काइ दिनुपर्थ्यो नि बंगारा ।’

सामाजिक सञ्जालमा भाइरल बनेको यो भिडियोको आवाज प्रधानमन्त्री कार्कीकै सुनिएको छ । सो भिडियो आर्टिफिसियल होइन भने प्रधानमन्त्री कार्की नै देशमा आतंक फैलाउने काममा लागेको प्रष्टै देखिएको छ । भिडियोको आधिकारिता भने अहिलेसम्म जाँच भएको छैन ।