जनता टाइम्स

४ मंसिर २०७६, बुधबार १६:०३

नेकपाले गर्यो अध्यक्षको कार्यबिभाजन : प्रधानमन्त्री ओलीलाई सरकार, प्रचण्डलाई पार्टीको जिम्मेवारी


काठमाडौं, मंसिर ४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ले दुई अध्यक्षको कार्यबिभाजन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले सरकार सञ्चालनको सम्पूर्ण अधिकारी अध्यक्षसमेत रहनुभएका प्रधामनत्री केपी शर्मा ओलीलाई दिने र पार्टीको कार्यकारी अधिकार अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई दिने निर्णय गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठले दुवै अध्यक्षको कार्यबिभाजन भएको जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार अब पाँच वर्ष प्रचण्डले पार्टीको नेतृत्व गर्नुहुनेछ भने प्रधानमन्त्री ओलीले पाँचैवर्ष सरकार चलाउनु हुनेछ । बैठकले मन्त्रिमण्डल फेरबदलको पुरै अधिकार प्रधानमन्त्री ओलीलाई दिएको छ ।