काठमाडौं, मंसिर ४
न्यायपरिषद्ले उच्च अदालतको न्यायाधीशमा १२ जनाको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा आज बसेको न्यायपरिषद्को बैठकले उक्त निर्णय लिएको हो ।
बैठकले ८ जना उच्च अदालतका न्यायायीधशको सरुवा समेत गरेको छ । उच्च अदालतमा सिफारिस गरिएका मध्ये जिल्लाका न्यायाधीशबाट ८ जना, सरकारी वकिलको तर्फबाट एक र बाँकी अधिवक्ताहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्