जनता टाइम्स

५ मंसिर २०७६, बिहीबार ०७:३२

लालीगुराँस गेष्ट हाउसका सुरक्षा गार्डको मृत्यु


काठमाडौं, मंसिर ५ । काठमाडौँ महानगरपालिका– १६ माछापोखरी नजिक एक होटलका सुरक्षा गार्डको सुतिरहेको अवस्थामा आज मृत्यु भएको छ।

स्थानीय लालीगुराँस गेष्ट हाउसका सुरक्षा गार्ड तारकेश्वर नगरपालिका–८ शान्तिटोल बस्ने गोरखाका ४५ वर्षीय कृष्ण विक सोही गेष्ट हाउसमा सुतिरहेको अवस्थामा मृत फेला परेका हुन्। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।