जनता टाइम्स

५ मंसिर २०७६, बिहीबार १२:११

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनियताको सपथ


काठमाडौं, मंसिर ५

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिनु भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउनु भएको हो ।

सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहालको पनि उपस्थिति रहनु भएको थियो । वसन्त नेम्वाङ (भौतिक) हृदयेश त्रिपाठी (संघीय), पार्वत गुरुङ (महिला, बालबालिकां), घनश्याम भुषाल (कृषि)र लेखराज भट्ट (उद्योग), रामेश्वर राय (श्रम) मन्त्रीको सपथ लिनु भएको हो ।

यस्तै, मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री बन्नु भएको छ । राज्यमन्त्रीलाई राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले सपथ गराउनु भएको हो । नवनियुक्त मन्त्रीहरूले सिंहदरबारस्थित मन्त्रालयमा आजै पदभार ग्रहण गर्नेछन्।