काठमाडौं, ६ असोज । टंगालमा रहेको अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयबाट भदौ २४ गते प्रदर्शन क्रममा लगिएको केही थान उपकरण फिर्ता आएका छन्।
आयोगका एक उच्च अधिकारीका अनुसार डिजिटल फरेन्सिक उपकरण र पाँच–सात वटा ल्यापटप फिर्ता आएका छन् ।आयोगको महत्त्वपूर्ण डिजिटल फरेन्सिक उपकरण लैजाने व्यक्ति भने एक चार्टर्ड अकाउन्टेन्ट (सिए) रहेको उहाँले बताउनुभयो । ती सिएले यहाँ रह्यो भने जल्छ, फोडिन्छ भनेर मैले सुरक्षित राखिदिन लगेको हुँ भन्दै फिर्ता ल्याएका थिए,ु ती अधिकारीले भन्नुभयो् , मैले त जोगाइदिन लगेको, मलाई नै अपराधी ठान्ने भनेर ठूलो स्वर पनि गर्दै थिए।
त्यस्तै केही युवाहरूले लगेको ल्यापटप पनि फिर्ता आएको उहाँले बताउनुभयो । ती युवाहरूले पनि ती सिएकै जस्तो कुरा गरेका थिए।
प्रदर्शनकारीहरूले सुरूमा ल्यापटपहरू लिएको र पछि छाडेर अरू तोडफोडमा लागेको बेला आफूहरूले ल्यापटप बोकेर जोगाएको उनीहरूले बताएका थिए। ुहामीले चोरेको होइन, जोगाउन लगेको हो भनिरहेका थिए,ु ती अधिकारीले भन्नुभयो । भदौ २४ गते काठमाडौंको टंगालस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रदर्शनकारीहरूले बारम्बार आक्रमण गरेका थिए।
आयोगका ती उच्च अधिकारीका अनुसार त्यस दिन कार्यालयमा करिब १५ जना कर्मचारी र बाँकी प्रहरीहरूसहित ५० जना जति थिए।
प्रदर्शनकारीहरूका फरक फरक समूह दिउँसैदेखि बारम्बार आयोग पुगेर नाराबाजी गरिरहेका थिए। आक्रोशित भिडलाई कर्मचारी र प्रहरीले सम्झाइबुझाइ गरेर पठाइरहेका थिए।
ुहामीले पाँच वटा जति समूहलाई सम्झाएरै फिर्ता पठायौं, ती अधिकारीले भन्नुभयो, उनीहरूले अलि अलि तोडफोड गरे पनि खास धेरै क्षति गरेनन्। पछि आएको भिड भने उग्र रहेछ, थाम्न सकिएन।ु
अपराह्न साढे पाँच बजेतिर आयोग पुगेको समूह उदण्ड थियो। त्यही समूहले पहिले अन्धाधुन्ध तोडफोड सुरू गर्यो। आयोगका कर्मचारीले जति सम्झाउँदा पनि मानेनन्।
ुउनीहरू भाटभटेनी लुटेर, आगजनी गरेर, रक्सी खाएर आएका थिए। खुकुरी, खुँडा जस्ता हतियार पनि बोकेका थिए। हामी कसैको कुरै सुन्दैनौं, गाडी जलाउँछौं भन्न थाले,ु ती अधिकारीले भन्नुभयो , त्यसपछि त हाम्रो केही लागेन।ु
सुरक्षा चुनौती भएपछि कर्मचारीहरू कार्यालयका कोठामै बसे।पछि प्रदर्शनकारीहरूले गाडीहरू जलाए।
उनीहरू यतिमै रोकिएनन्। कार्यालयमै आए र प्रशासनसहित दुई–तीन वटा महाशाखामा आगजनी गरे। पुस्तकहरू जलाए।
आयोगका कमर्चारीहरूले यहाँ पनि रोक्न र सम्झाउन खोजे। उनीहरूले कसैगरी मानेनन्। साँझ ६ बजेतिर अलि अँध्यारो भयो। सुरक्षाका लागि आयोगले नै बत्ती काटिदिएको थियो।
त्यसपछि आएको अर्को समूहका प्रदर्शनकारीहरूको ध्याउन्न भने चोरी गर्नमा मात्र थियो।
उनीहरूले कम्प्युटरको सिपियू फोडेर, त्यहाँबाट थुतेर हार्डडिस्क निकाले। खोजी खोजी कसैले भ्रष्टाचार मुद्दाका फाइल र रेकर्डहरू लगे। डिजिटल फरेन्सिकको काम गर्ने उपकरण लगे। ल्यापटपहरू पनि लगे।
ुक(कसको रेकर्ड छ, कहाँ कहाँ छ भन्ने खोजेजस्ता थिए। त्यही अनुसार परिचालन भएजस्ता देखिन्थे,ु आयोगका ती अधिकारीले त्यस दिनको घटना व्याख्या गरे, ुविभिन्न खालका समूह थिए जस्तो लाग्छ। जेन–जीका नाममा आफ्नो स्वार्थअनुसार आएका जस्ता थिए।
उहाँका अनुसार आयोगको टंगाल कार्यालयमा ७४ वटा मोटरसाइकल, १७ वटा गाडी र दुइटा बसमा आगजनी भएको छ। त्यस्तै धेरै कागजात जलाइएको छ।
इटहरीको ५० प्रतिशत कागजात र सबै गाडी जलाएका छन्। हेटौंडा शाखाका ७५ प्रतिशत कागजात र सबै गाडीमा आगजनी भयो। पोखराको सय प्रतिशत कागज र गाडी जलेका छन् भने बुटवल शाखामा २५ प्रतिशत कागजात र सबै गाडी जलाएका छन्।
काठमाडौंको डिजिटल रेकर्डहरू धेरैजसो जोगिएकाले अहिलेसम्म करिब करिब सबै समेटिएको पनि उहाँले बताउनुभयो । ुजिल्लाको रेकर्डमा केही समस्या भए पनि यहाँ पर्दैन। अब काम सुरू भइहाल्छ, ती अधिकारीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्