जनता टाइम्स

८ आश्विन २०८२, बुधबार ०९:२४

केही दिन अनावश्यक फोन र मेसेज नगर्नु : मन्त्री पुन


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले केहि दिनको लागि अनावश्यक फोन र मेसेज नगर्न आग्रह गरेका छन् ।उनले सामाजिक सञ्जालमार्फत भनेका छन्– अस्तिदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौँ कल र मेसेज आई रहेका छन्।

म मन्त्रालयमा एउटा गतिलो र सृजनशील टिम बनाउन व्यस्त छु। त्यसैले केहि दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला।  सोमबार मन्त्री नियुक्त भएका पुन मंगलबारदेखि कार्यकक्षमै शयन कक्ष तयार पारेर काममा जुटेका छन् ।