काठमाडौं, मंसिर ५
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले पदभार ग्रहण गर्नुभएको छ । सिंहदरवारस्थित मन्त्रालयमा पुगेर आज उहाँले पदभार ग्रहण गर्नुभएको हो । उहाँले काठमाडौं उपत्यकालाई धूलो–धूवाँमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘ठ्याक्कै समय त तोक्दिन तर काठमाडौंलाई धूलोधूवाँमुक्त बनाउन सम्भव छ, म गरेर देखाउँछु ।’ त्यस्तै उहाँले निर्माणाधीन सडक योजना पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेम्वाङ पाँचथरबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निर्वाचित सांसद हुन्।
प्रतिक्रिया दिनुहोस्