जनता टाइम्स

५ मंसिर २०७६, बिहीबार १७:३७

यी हुन मन्‍त्रिपरिषद बैठकका २२ निर्णय, नेपाली नागरिकता रद्ददेखि सेनाको सरुवा–बढुवासम्म


काठमाडौं, मंसिर ५ । सरकारले जबरजस्ती करण मुद्दाका चार पीडितलाई राज्यले अभिभावक्त्व ग्रहण गर्दै संविधान प्रदत्त सामाजिक पुनःस्थापना र क्षतिपूर्तिको हकलाई प्रयोग र प्रचलन गर्नका लागि जनही पाँच लाख उपलब्ध गराउने निर्णय गरेको छ।

आज आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सो जानकारी गराउनु भएको हो । कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गरिएको हो । यसैगरी बैठकले लोचन कुमारी हरलालक, जयप्रकाश अग्रवाल र रञ्जितकुमार अग्रवालको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय लिएको छ।

त्यसैगरी नेपाली सेनाका ६१ जना रथी र अधिकृतको सरुवा गरेको छ भने प्राविधिक सहायक रथी रामधर सिंहलाई प्राविधिक उपरथी दर्जामा र प्राविधिक महासेनानी कमलविक्रम शाहलाई प्राविधिक सहायक रथीमा पदोन्नति गरेको छ।