जनता टाइम्स

५ मंसिर २०७६, बिहीबार १९:२२

यस्तो रह्यो नयाँ मन्त्रीको पहिलो दिन (फोटोफिचर)


काठमाडौं, मंसिर ५ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा बुधवार राती नियुक्त भएका ६ मन्त्री र तीन राज्यमन्त्रीले कार्यभार सम्हाल्नुभएको छ । राष्ट्रपति भवन शीतव निवासमा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट मन्त्री र प्रधानमन्त्री ओलीबाट राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथसँगै मन्त्रालय पुगेर पदबहाली गर्नुभएको हो । ओली सरकारमा आज घणश्याम भुसाल, हृदयश त्रिपाठी, लेखराज भट्ट, पार्वत गुरुङ, बशन्तकुमार नेम्वाङ र रामेश्वर राय यादवले कार्यभार सम्हाल्नु भएको छ । यस्तै मोतिलाल दुगड, नवराज रावत र रामबीर मानन्धरले राज्यमन्त्रीको रुपमा कार्यभार सम्हाल्नुभएको छ । यस्तै कानूनमन्त्री भानुभक्त ढकालले पनि जिम्मेवारी हेरफेर भएअनुसार आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदबहाली गर्नुभएको छ ।

तस्विरमा यस्तो देखियो ओली सरकारका मन्त्रीको शपथदेखि पदबहालीसम्मका झलक ।