काठमाडौं, १३ असोज । लगातार दोस्रो जितसंगै नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२०आई सिरिजको उपाधी जितेको छ ।
भर्खरै सकिएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हराउँदै नेपालले ३ खेलको टी-२० आई सिरिज आफ्नो पक्षमा पारेको हो ।

नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज १७ ओभर १ बलमा ८३ रनमा समेटियो ।नेपालको जितमा आदिल आलमले उत्कृष्ट बलिङ गरे। ४ ओभर बलिङ गरेका आदिलले २४ रन खर्चेर ४ विकेट लिए । कुशल भुर्तेलले ३ तथा करण केसी, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक/एक विकेट लिए ।
वेष्ट इन्डिजका ३ खेलाडीले मात्र दोहोरो अङ्कमा रन बनाए । जेसोन होल्डरले सर्वाधिक २१ रन बनाए ।

नेपालका लागि दुई ब्याटरले अर्धशतक प्रहार गरे । ओपनर आसिफ शेखले ४७ बलमा अविजित ६८ रन बनाए ।
सन्दीप जोराले ३९ बलमा ६३ रन बनाए । कुशल भुर्तेल २, कप्तान रोहित पौडेल ३, कुशल मल्ल ७, आदिल आलम ११ र गुल्सन झा ६ रनमा आउट भए ।
बलिङमा वेष्ट इन्डिजका काइल मेयर्स र अकिल होसेनले २\२ तथा जेडियाह ब्लेड्सले एक विकेट लिए ।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथी १९ रनको ऐतिहासिक जित दर्ता गरेको थियो । नेपाल र वेष्ट इन्डिजबिचको तेस्राे खेल मंगलबार हुनेछ ।














प्रतिक्रिया दिनुहोस्