जनता टाइम्स

२२ आश्विन २०८२, बुधबार १२:२७

महेश बस्नेतको खुलासा : सरकार फुलपातीको दिनदेखि मलाई पक्राउ गर्ने षडयन्त्रमा थियो, अदालतले तुहाइदियो


काठमाडौं, असोज २२ । नेकपा एमालेका नेता महेश बस्नेतले फूलपातीको दिनदेखि आजसम्म पनि आफूलाई पक्राउ गर्ने योजनामा सरकार रहेको खुलासा गर्नुभएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोमा पुगेर बयान दिएपछि एमाले मुख्यालयमा पुगेर पत्रकार सम्मेलन गर्दै एमाले नेता बस्नेतले यस्तो खुलासा गर्नुभएको हो ।

‘सरकारले नेता चिनेछ, मलाई तेस्रो नम्बरमा राखेर पक्राउ गर्न खोज्यो । फूलपातीको दिनदेखि आजसम्म पनि मलाई कसरी पक्राउ गर्ने भनेर षडयन्त्रका योजना बनाइरहेको थियो । तर आजबाट त्यो षडयन्त्र सकिएको छ । अदालतले प्रमाणबिना पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको छ,’ एमाले पोलिटब्यूरो सदस्य बस्नेतले भन्नुभयो ।

उहाँले नेपाल प्रहरीको मनोवल गिराउने र मुलुकभरका सार्वजनिक तथा ब्यक्तिको सम्पत्ति जलाउने र लुटपाट गर्नेबिरुद्ध देशभर उजुरी दर्ताको अभियान चलाउने घोषणा पनि गर्नुभयो ।

‘हामी मुलुकभर यो बिषयमा अभियान चलाउँछौं । अपराधीलाई छाडिन्न,’ बस्नेतले भन्नुभयो । जनताको बिरुद्धमा खडा भएको साम्राज्यवादी षडयन्त्रलाई चकनाचुर बनाउने उदघोष पनि बस्नेतले गर्नुभयो ।