काठमाडौं, असोज २४ । तात्कालिन गृहमन्त्री रमेश लेखकले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको तथ्य खोल्नुभएको छ ।
राजनीतिक प्रतिशोध साँधेर बिदेशीको निर्देशनमा तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्ने षडयन्त्रमा सरकार लागेको बेला पहिलो पटक लेखकले मुख खोल्नुभएको हो । शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले प्रधानमन्त्री र आफूले गोली हान्ने आदेश नदिएको तथ्य खोल्नुभयो ।
‘प्रधानमन्त्रीजीले वा गृहमन्त्रीले आदेश गरेको भनेर विभिन्न चर्चाहरू उठेका छन । यो प्रधानमन्त्रीले वा गृहमन्त्रीले कुनै पनि रुपमा आदेश गर्ने विषय होइन । त्यस्ता खालका कुनै आदेश गरिएको पनि छैन,’ जेनजी आन्दोलनपछि पहिलोपटक मिडियासामू आउनु भएको लेखकले भन्नुभयो ।
लेखकले आन्दोलनमा घुसपैठ भएको विषय अहिले सत्य देखिएको पनि बताउनु भयो । ‘घुसपैठ भएको विषय मैले नै भनिरहेको विषय होइन । स्वयं प्रदर्शनका आयोजकहरूले नै अहिले सत्य देखियो । जसका कारणले यत्रो ठूलो पीडादायी घटना भए,’ लेखकले भन्नुभयो ।














प्रतिक्रिया दिनुहोस्