जनता टाइम्स

७ मंसिर २०७६, शनिबार ०८:४५

गोकर्ण बिष्ट हटनसाथ सरकारलाई म्यानपावर ब्यवसायीको आदेश : हामीसँगको सहकार्यपछि मात्रै निर्णय गर्नु


काठमाडौं, मंसिर ७ । नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा स्थापित भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुसँगको सहमति र सहकार्य गरेर मात्रै वैदेशिक रोजगार व्यवसायसँग सम्बन्धित निर्णय लिन सरकारलाई धम्की दिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयल छाडेको भोलिपल्टै म्यानपावर व्यवसायीले चेतावनीसहित वैदेशिक रोजगार विभागलाई यस्तो आदेश दिएका हुन । बैदेशिक रोजगार ब्यवसायी संघमा नेपाली कांग्रेस निकट ब्यवसायी रहेका छन । तात्कालिन मन्त्री बिष्टले शून्य लागतको नीति लिँदा र म्यानपावरलाई कडाई गर्दा संघमा नेकपा निकट ब्यवसायी स्वीप स्वीप भएका थिए ।

‘व्यवसायीले यसरी सहकार्यको अपेक्षा गरे तापनि वैदेशिक रोजगार विभागले कुनै सम्पर्क, सम्वाद, सहकार्य र छलफल नगरी एकतर्फी रुपमा एक पछि अर्को गर्दै विभिन्न निर्णय गर्ने, विभिन्न कागजात माग गर्ने र नयाँ नयाँ प्रावधानहरु लागू गर्नेजस्ता कार्यले व्यवसायीमा द्विविधा उत्पन्न भएको देखिन्छ,’ महासचिव सुचितकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एकतर्फी रुपमा गरिएका निर्णय र प्रावधानले सकारात्मक परिणाम नदिने भएकाले आगामी दिनमा ईजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायीसँग सम्बन्धित निर्णय, प्रावधानहरु लागू गर्दा नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग सहकार्य गरी निर्णय, प्रावधान लागू गर्न गराउन वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायमा अनुरोध गरिन्छ ।,’