काठमाडौं, कात्तिक ५ । काठमाडौंका निवर्तमान प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी देख्दा लाग्छ–भद्र अनी सोझा, सज्जन । तर, यथार्थमा अधिकारीजस्तो देख्दा लाग्थ्यो, त्यस्ता रै’नछन् । त्यसैले त अहिले उहाँको जागिर नै रहने हो वा नरहने हो ? वा, कस्तो कारवाही भोग्नु पर्ने हो ? भन्ने प्रश्न उठिरहेको छ ।
भाद्र २३ गते विद्यार्थीको प्रदर्शनमाथि गोली नै चलाउन पटक–पटक प्रहरीको सञ्चार सेटबाट आदेश दिएर २२ जना निर्दाेषको ज्यान लिने विध्वसांत्मक घट्नाको एक पात्रका रुपमा कलंकित तात्कालिन काठमाडौं एसएसपी अधिकारीमाथि आर्थिक अनियमितताका पनि सवाल उठन थालेका छन् । सुदुर पश्चिम घर भएका एसएसपी अधिकारीले काठमाडौं परिसरको नेतृत्वमा रहँदा सुदुर पश्चिमतिरकै डीएसपी विष्णु सोतीलाई मुद्दा शाखाको जिम्मेवारी दिलाएर दुईबीच सेटिङमा भए गरेका केही कामकारवाही विवादमा तानिएका छन् ।
संगठनभित्र विवादित छवीका डीएसपी विष्णु सोतीले मुद्दा शाखाको जिम्मेवारीमा रहँदा बिचौलिया प्रयोग गरेर लेनदेनको सेटिङ मिलिसकेपछि मात्र परिसरमा परेका मुद्दा मामिलाको काम कारवाही अघि बढाउने गरेको देखिएपछि यो सवाल बाहिर आएको हो । केही त्यस्ता प्रमाण पनि फेला परिरहेका छन् । परिसरका एक अधिकारीले जनताटाइम्स डटकमलाई बताएअनुसार सामान्य प्रकरणमा मुद्दामामिलामा खासै ध्यान नदिने र केही ठूलो रकमको विवाद वा त्यस्तै प्रकृतिका मुद्दामामिला लिएर आउने व्यक्तिसँग अवस्था अनुसार आफैँले वा बिचौलिया मार्फत् सेटिङ मिलिसकेपछि मात्रै कामकारवाही अघि बढाउने गरिन्थ्यो ।
परिसरकै जिम्मेवार अधिकारीका अनुसार डीएसपी सोतीले आफ्नो प्रत्यक्ष निर्देशन वेगर कुनै पनि लेनदेन, चेक वाउन्स, त्यस्तै प्रकृतिका विवादित मुद्दामामिलाको कारवाही अघि नबढाउन आदेश दिएका थिए । विवादित ओटू सुन लुटपाट प्रकरणमा जोडिएका डिएसपी विष्णु सोती आर्थिक मामिलामा निकै कमजोर मानिने गरेको प्रहरीकै अधिकारी बताउँछन । काठमाडौं परिसरमा रहँदा उहाँले कुन–कुन बिचौलिया प्रयोग गरेर कति रकम असुले, असुलिएको रकममध्ये कति एसएसपी विश्व अधिकारीलाई पनि थमाए ? त्यो उहाँहरु नै जानून् । तर, थुप्रै मुद्दामामिलामा लेनदेन भएको आशंका स्वयम् परिसरकै जिम्मेवार अधिकारीको छ ।
समाचार स्रोतका अनुसार डिएसपी सोतीले बिचौलीयासँग कार्यकक्षमै ढोका थुनेर कार्यालय समय र अघिपछि पनि डिल गर्ने गर्नुहुन्थ्यो भने यदाकदा कार्यालय समय अधि वा पछि बिचौलियाका कार्यालय वा घरमा पनि पुग्ने गर्थे ।
यहीबीच, काठमाडौंमा इन्द्रेणी होटल सञ्चालन गरी बसेका केदार अर्यालले तात्कालिन एसएसपी विश्व अधिकारी र डिएसपी विष्णु सोती मिलेर दश लाख असुलेर आफूलाई हिरासत मुक्त गरेको भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनुभएको छ । अर्यालले उजुरीमा हिरासतमा रहेका अन्य थुप्रै थुनुवासँग रकम असुलेको पनि जानकारी दिनुभएको छ । अर्यालले दिएको उजुरीको वोधार्थ प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, हेल्लो सरकार अनी प्रहरी प्रधान कार्यालयलाई पनि दिइएको छ ।
उजुरीमा आफ्नो रमेश कार्की नामका व्यक्तिसँग कारोवार भइरहेको र नियमित अनि वैद्यानिक कारोवार भइरहँदा एक्कासी कार्कीले केही ठुलै रकम तिर्न बाँकी रहेको अवस्थामा तिर्न आनाकानी गर्दै तिर्न नपरे हुन्थ्यो भन्ने नियतका साथ कहिले प्रहरी परिसर काठमाडौं त कहिले प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट आफूलाई फोन गराएर तर्साउन खोज्ने क्रममा आफूलाई डराउन दिने उद्देश्यका साथ प्रहरी परिसर, काठमाडौंमा छलफलका नाममा बोलाएर गैरकानूनी रुपमा थुनाएको अनि एसएसपी अधिकारी र डीएसपी सोतीको मिलोमतोमा आफूलाई थुनाएर आफ्नै श्रीमतीमार्फत १० लाख असुलेर थुनामुक्त गरेको गुनासो गर्दै अख्तियारमा उजुरी गर्ने कार्कीको उजुरीमा उल्लेख छ ।
पढनोस बिश्व र सोतीको कारनामाको उजुरी

आफूले भनेअनुसार नगरे सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएर ९० दिन थुनीदिने धम्की दिएपछि श्रीमती डराएर दश लाख बुझाएको उक्त उजुरीमा लेखिएको छ । आफू हिरासतमा रहेका बेला त्यही हिरासतमा रहेका अन्य थुनुवासँग पनि डिएसपी सोतीले कोहीसँग सिधैं र कोहीसँग बिचौलिया मार्फत रकम माग गर्ने गरेको खुलासा अर्यालले गर्नुभएको छ । अर्यालका अनुसार सरकारी वकिललाई र प्रहरीमा समेत माथिसम्म बुझाउनु पर्ने भन्दै थुनुवासँग रकम असुलेको उक्त उजुरीमा दावी गरिएको छ । उजुरीमा एसएसपी अधिकारी र डीएसपी सोती मिलेर परिसरमा के–कसरी, कतिसम्म रकम अवैद्य ढंगबाट असुल गरेका होलान् ? त्यो पनि अनुसन्धानका लागि माग गरिएको छ ।
यहीबीच, राजधानीको टोखामा केही जग्गा खरिदका लागि बैना गरिएको तर बैना अनुसार जग्गा पास नगरिदिएको अवस्थामा आफू पीडित भएको भन्दै निवेदनसहित गुनासो गर्न जाने एक पिडीतसँग डिएसपी सोतीले बिचौलियामार्फत आउन भनेका तथ्य खुलेको छ । पीडितले डिएसपीसोतीले आफूलाई बिचौलियामार्फत आउन भनेको उक्त जानकारी एसएसपी अधिकारीलाई गराउँदा त्यसको छानविन त परै जाओस्, उल्टै आईजीपीलाई एसएसपी अधिकारीले गलत ब्रिफिङ गरेको पाइएको हो ।
यस कारण पनि एसएसपी अधिकारी जस्ता देखिनुहुन्छ, त्यस्तो पक्कै हुनुहुन्न भन्ने यो तथ्यले उजागर गरेको छ । भाद्र २३–२४ गतेको विध्वंश छानविन गर्न गठित पूर्वन्यायाधिश गौरीबहादुर कार्की नेतृत्वको आयोगले एसएसपी अधिकारीमाथि त पक्कै पनि कारवाही गर्छ नै । तर, आफूलाई प्राप्त जिम्मेवारी र दायित्व कुल्चिएर आर्थिक बिचौलियाको धन्दा गरेर न्याय बेच्ने दलाल डिएसपी विष्णु सोतीमाथि कारवाही होला कि नहोला ? प्रश्न यहीनेर छ ।













प्रतिक्रिया दिनुहोस्