काठमाडौं, कात्तिक ८ । पूर्वफुटबलर अमनप्रताप अधिकारी जेनजी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाटमै संलग्न योजनाकार रहेको तथ्य बाहिर आएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा आगजनी भइरहेको बेला घटनास्थलबाटै लाइभ आएर अमनले ‘मामू तेरो देश खरानी भयो भन्दै आपत्तिजनक अभिब्यक्ति दिएको पाइएको छ ।
संयोग पनि कस्तो भने अमनले यो अभिब्यक्ति लिइरहँदा उनले लगाएको क्याप पनि उस्तै छ । हाउभाऊ पनि राक्षसको जस्तो छ । कुनै पनि एङ्गलबाट हेर्दा मानव लाग्दै लाग्दैन अमनको अनुहार, बोली र ब्यवहार । संसदमा गरिएको आगजनीप्रति अमनले लाइभ उभिएर अभिब्यक्ति दिएको भिडियो यतिबेला भाइरल बनेको छ ।
निकै आतंककारी र आततायी रुप लाग्ने अमिनको अभिब्यक्तिमा नेपाल जलाएरु खरानी बनाउनु पर्छ, तेरो देश सकाइन्छ भन्ने मनोभाव देखिएको छ । अमनको यो भनाईले उनी नेपालका नागरिक होइनन भन्ने प्रष्ट हुन्छ । उनले कुन देशको नागरिकता लिएर नेपाल जलाउने अभियानको नेतृत्व गरेको हुन भन्ने अहिलेसम्म खुल्न सकेको छैन तर उनी नेपाली होइनन भन्नेचाँहि यो भिडियोले प्रमाणित नै गरेको छ ।
लाइभमा अधिकारीले गर्वका साथ भनेका छन, ‘देखिस, जल्यो मू.. तेरो देश ।’ नेपाल आमामाथि आमाचकारी गर्दै अमनले ‘अब सबको ज्यान जान्छ..’ भन्दै जलिरहेको संसद भवनअगाडि हर्षोल्लास गरिरेहेको देखिएको छ ।
अमनकै शब्दमा
ल हेर अब…संसद भवनभित्र पुरै… सकियो मा…चोर… मु…मा… भुसियाहरु …छोराहरु…नेताको नाममा मु…लुटपाट मा…सकियो हेर त्यहाँ तेरो देश, सकियो तेरो राज्य… को छोरोहरु…अब..सकियो…सबको पालो आउँछ…मु.. चोरी घुसखोरी… जब डढा अब… सबको ज्यान जान्छ मा…हरु…सक्यो… सक्यो… सक्यो….।’
अमनप्रतापका धेरै परिचय छन् । उनी नेपालका पूर्व ए डिभिजन फुटबल खेलाडी हुन् । फुटबल जीवनबाट अवकाशपछि उनी कमेन्टेटर र खेलकुद कार्यक्रम प्रस्तोता बनेका थिए । पछिल्लो समय उनी विभिन्न टिभी रियालिटी शोहरुमा व्यस्त छन् । नेपालको पहिलो साहित्यक रियालिटी शो ‘द पोयट आइडलका उनी परिकल्पनाकार र निर्देशक हुन् । उनले पछिल्लो समय ‘हिमालयन रोडिज’ को होस्ट गरेका थिए ।
यिनै अमनको भित्रि रुप भने आतंककारी र आततायी रहेको जेनजी आन्दोलनका क्रममा देखिएको हो । भदौ २४ गते भएको विध्वंसकारी आन्दोलनमा अमन प्रत्यक्षरुपमा नै संलग्न थिए ।बानेश्वरस्थित संसद भवनमा ऐतिहासिक बितण्डा भइरहँदा उनले अपाच्य र अश्लिल शब्दहरुसहित हर्षोल्लास मनाइरहेको भिडिओ अहिले सामाजिक सञ्जालमा यत्रतत्र भेटिन्छ ।

सो भिडिओ अन्त कतैबाट नभएर अधिकारीकै फेसबुक वालबाट झिकिएको हो । भिडिओमा अधिकारीले बोलेका शब्दहरु सिधै उद्वृत गर्नसमेत योग्य छैन । तर एउटा कुरा उनले बारम्बार दोहोर्याइरहेका छन, ‘देखिस, मू..जल्यो तेरो देश ।’
उनले यो भिडिओको क्याप्सनमा लेखेका छन्, ‘दिस इज हाउ संसद भवन वाज टेकन डाउन । (यसरी संसद भवन ढालियो) । सो भिडियोमा ब्यक्त बिचारका आधारमा भन्दा अमन नेपाली होइनन, नेपालबिरुद्ध अभियान लिएर आएका बिदेशका आतंककारी हुन ।
आततायी र आतंककारी बिदेशी दलालका रुपमा प्रस्तुत भएका अमन प्रख्यात गीतकार÷कवि स्वर्गीय क्षेत्रप्रताप अधिकारीका छोरा हुन । भदौ २४ को लाइभले उनी नेपाली हुन भन्ने शून्य आधार भेटिन्छ । अमनको यो हर्कत हेरेपछि सवैले भन्न थालेका छन, ‘पैसाका लागि आमा पनि बेच्न तयार आपराधिक गिरोहको नाइके पो रहेछन फुटबलर अमन अधिकारी ।’
( प्रष्टिकरण : देशमाथि गद्धारी गर्ने बिध्वंसकारी जत्थालाई आदरार्थी शब्द प्रयोग गर्दा नेपाल आमाकै अपमान हुने ठानी हामीले सम्पादकीय नीति आदरार्थी शब्दको प्रयोग भए पनि यो समाचारमा फरक नीति अबलम्बन गरेका छौं । देश जलाउनेहरुका लागि आदर्शपुर्ण शब्द अपमान हो भन्ने निश्कर्षमा हामी अडिग छौं–सं)













प्रतिक्रिया दिनुहोस्