जनता टाइम्स

९ कार्तिक २०८२, आईतवार ०९:३५

सामाजिक सञ्जालमा ‘सेलेब्रिटी’को नग्न रुप देखियो : भदौ २४ को विध्वंसमा प्रत्यक्ष संलग्नता पुष्टि


काठमाडौं, कात्तिक ९ । सामाजिक सञ्जाल अहिले झन् झन् तताइरहेको छ। कारण   २४ भदौको विध्वंसमा संलग्न सेलेब्रिटीहरूको भिडियो एकपछि अर्को सार्वजनिक भएपछि जनचासो र आलोचनाको आँधीबजार चलेको छ।

केही पैसा कमाएर ‘सेलिब्रेटी’ बनेका कलाकारदेखि खेलाडीसम्मका कुरुप अनुहार धमाधम खुल्न थालेको छ । भदौ २४ को बिध्वंसमा प्रत्यक्ष संलग्न रही देश जलाउने कुकर्म गरेका ती दानव रुपधारी ‘सेलेब्रिटी’को नग्न रुप देखिएको हो ।

सबैको ध्यान पहिलोमा परेको छ नायिका स्वस्तिमा खड्का। जेन–जी आन्दोलनको सुरुवाती चरणमै विवादमा तानिएकी खड्का अहिले फेरि आलोचनाको केन्द्रमा छिन्। आन्दोलन हाइज्याक गरेको आरोप मात्र होइन, उनको संस्था ‘हामी नेपाल’ले स्वतन्त्र तिब्बत विद्यार्थी युनियनलाई सहयोग गरेको विषयले पनि उनलाई सामाजिक सञ्जालको आलोचनाको गोलचक्करमा फसाएको छ।

तर उनको मात्रै होइन, उनको पति निश्चल बस्नेत को भिडियो सार्वजनिक भएपछि छि: आलोचना झन् तीव्र भएको छ। संसद भवन जलाउने समूहसँग उनको नाम जोडिएपछि, कतिपयले चलचित्र बहिष्कारको अभियानसमेत थालेका छन्। सामाजिक सञ्जालमा उनका समर्थक र आलोचकबीच तीव्र बहस भइरहेको छ।

संगीतकार चेतन सापकोटा पनि आलोचनाबाट अछुतो छैनन्। सिंहदरबार जलाउने टोलीसँग संलग्न भएको आरोप आएपछि उनले भारतीय आधार कार्डधारीहरूको संलग्नता खुलासा गरे, तर आलोचना रोकिने अवस्था छैन।

हास्यकलाकार दीपकराज गिरी पनि आलोचनाको आँधीबीच परेका छन्। कांग्रेस नेता विमलेन्द्र निधिको घर जलेको समयमा उनी त्यहाँ पुगेको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको उछालिएको छ।

त्यसैगरी, अमनप्रताप अधिकारी, रियालिटी शो निर्देशक, पनि संसद भवन जलाउने घटनासँग जोडिएका भिडियोमा देखिएका छन्। अधिकारीले अश्लील शैलीमा राजनीतिक दलका नेताहरूको आलोचना गर्दै घटनामा खुसियाली मनाएको भिडियो भाइरल भएको छ।

सामाजिक सञ्जालले अहिले सेलेब्रिटीको व्यक्तिगत जीवन र सार्वजनिक छविलाई झनै चुनौतीपूर्ण बनाएको छ। २४ भदौका ती दृश्यहरूले जनमानसमा तहल्का मच्चाइरहेका छन्। आलोचना, बहिष्कार र विवाद—सबै एकैसाथ छ—र यसको प्रभाव अझै केही समयसम्म घट्ने देखिँदैन।