जनता टाइम्स

९ मंसिर २०७६, सोमबार ०७:३६

काभ्रेमा २२ जना जुवाडे पक्राउ


 

काभ्रेपलाञ्चोक, ९ मंसिरि । काभ्रेको बतासे डाँडामा जुवा खेलिरहेका २२ जना पक्राउ परेका छन् ।

धुलिखेल नगरपालिकाको बतासे डाँडाबाट आइतबार राति उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उनीहरुको साथबाट साढे ६ लाख रुपैयाँ पनि बरामद भएको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेकाको नाम र थप जानकारी केहीबेरमा सार्वजनिक गरिने पनि प्रहरीले जनाएको छ ।