पोखरा, मंसिर ९ । पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्षको घरमा बम विस्फोट भएको छ ।
घरमा पार्किङ गरि राखिएको गाडीमा विस्फोट भएको हो । पोखरा महानरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष शिव आचार्यको घरमा पार्किङ गरी राखिएको गाडीमा बम विस्फोट गिरएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सोमबार राति करिब २ बजेर ४५ मिनेटमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। विस्फोटबाट वडा अध्यक्ष आचार्यको पोखरा १७ विरौटा स्थित घरमा पार्किङमा रहेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा क्षति पुगेको छ । विस्फोटबारे अनुसन्धान भइरहको प्रहीले जनाएको छ । मंसिर १४ गते पोखरामा हुन गइरहेको उपनिर्वाचनलाई प्रभावित पार्न वा त्रास देखाउन विस्फोट गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । वडाध्यक्ष आचार्य तत्कालीन एमालेबाट उम्मेदवार भइ निर्वाचित भएका थिए । उपनिर्वाचन नजिकिँदै गर्दा बम विस्फोटको घटना भएपछि सर्वसाधारणले असुरक्षा महसूस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्