काठमाडौं, कात्तिक १० । स्ट्राइकर सावित्रा भण्डारीको दुई गोलसँगै नेपालले थ्री नेसन्स कपमा सानत्वना जित निकालेको छ। शिलोङको जवाहरलाल नेहरू रंगशालामा सोमबार सम्पन्न खेलमा घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको हो। प्रतियोगिताको उपाधि यसअघि नै इरानले जितिसकेको छ।
इरानले भारतलाई २–० र नेपाललाई ३–० ले पराजित गरेको थियो। सान्त्वना जित निकाल्न नेपालले सुरुआतदेखि नै भारतलाई दबाबमा राखेको थियो। खेलको दोस्रो मिनेटमै साम्बाले नेपाललाई सुरुआती अग्रता दिलाइन्। डिफेन्स लाइनबाट आएको लामो क्रसमा उनले गोल गरेकी हुन्।
नेपालले दोस्रो हाफमा पनि एक गोल थिप्यो। यसपल्ट पनि उनै साम्बा निर्णायक बनिन्। ६३औं मिनेटमा उनले सिधै प्रहार गरेको फ्रिककलाई भारतीय गोलकिपरले रोक्न सकिनन् र नेपालको सहज जिततर्फ धकेलेकी थिइन्।
तर, ८१ औँ मिनेटमा करिश्मा सिरभोकरले गोल फर्काइन्। निर्माला देवीबाट फ्रिककमा आएको बल बाउन्स हुँदै नेपाली डिफेन्डर विमला बिकसामु पुगेको थियो। तर, उनले रोक्न नसक्दा वैकल्पिक खेलाडी करिश्माले गोल फर्काइन्। तर, उक्त गोल जितका लागि पर्याप्त रहेन।













प्रतिक्रिया दिनुहोस्