काठमाडौं, कात्तिक १५। नेकपा एमालेले मंसिर १३ गते देशभर एकै पटक महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ। गुण्डुमा बसेको सचिवालय बैठकले एकै दिन प्रतिनिधि चयन गर्ने निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार १२ सय पार्टी सदस्य बराबर खुल्ला २, १ जना महिला र त्यसपछि १ जना ४० वर्ष मुनिकाे युवा महाधिवेशन प्रतिनिधि चुनिने छन् । त्यस पछि प्रत्येक ८ सय सदस्य बराबर थप एकजना प्रतिनिधि चुनिने छन् । जसमा एक तिहाइ महिला प्रतिनिधि र ४० वर्ष भन्दा मुनिलाई पनि आरक्षण छुट्टाइएको छ। प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधि आरक्षण छुट्टाइएको छ ।
त्यसै गरी उत्पीडित समुदायको हकमा जिल्ला निर्वाचन इकाई बनाएर हरेक ५ सय सदस्य बराबर एक जना प्रतिनिधि हुने भएका छन् ।
ट्रेड युनियनबाट हरेक प्रदेशबाट ७ जना प्रतिनिधि आउने बताउनुभयो । महासंघकाे ढाँचाको जसंगठनबाट ७ र अन्यबाट ५ महिला सहित जना प्रतिनिधि आउने छन् । पार्टीका हरेक प्रदेश कमिटीबाट ५ जना प्रतिनिधि हुने छन् । पार्टीका ३२ वटा विभाग र केन्द्रीय कार्यालयबाट १/१ जना प्रतिनिधि आउने भएका छन् । प्रवासका ६ वटा महादेश स्तरका संगठनबाट ५/५ जना प्रतिनिधि आउने ज्ञवालीले जानकारी दिनुभयो । यसरी करिब ९ सय ७० जति तलबाट निर्वाचित हुने छन् ।
महाधिवेशनमा करिब २१०० प्रतिनिधि सहभागी हुने उहाँले बताउनुभयो । केन्द्रीय कमिटी र केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्य पदेन सदस्य हुने उहाँले बताउनुभयो । त्यसको ५ प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनीत गर्ने उहाँले जानकारी दिनुभयो । एमालेकाे केन्द्रीय महाधिवेशन मंसिर २७-२९ गते हुँदै छ ।
जनपरिचालन अन्तर्गत देशका सबै वडामा कात्तिक २२ गते जनभेला, पालिका स्तरमा कात्तिक २५ गते, २९ गते जिल्लामा सभा र काठमाडौंमा मंसिर ६ गते सभा गर्ने उहाँले बताउनुभयो । संविधान र लोकतन्त्रको रक्षाको लागि सो कार्यक्रम गर्न लागेको उहाँले जानकारी दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्