काठमाडौं, कात्तिक २१ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी पुनर्गठनको माग गर्दै केही नेताहरू अनुशासनहीन तरिकाले प्रस्तुत भएपछि महाधिवेशन गर्न लागेको खुलासा गर्नुभएको छ । आफूबिरुद्ध योजनावद्ध रुपमा अनुशासनहीन काम गर्न थालेपछि सदाका लागि अन्त्य गर्न एक वर्ष अगावै महाधिवेशन गर्ने निर्णयमा पार्टी पुगेको अध्यक्ष ओलीले खुसाला गर्नुभयो ।
एमाले शिक्षा विभागले बिहीवार आयोजना गरेको विद्वत वर्गसँगको अन्तरसम्वादमा अध्यक्ष ओलीले केही नेताहरूले उपद्रो मच्चाएपछि एक वर्षपछि गरे हुने महाधिवेशन अहिले नै गर्न लागेको प्रष्ट पार्नुभयो । जेनजी आन्दोलनपछि एमालेमा केही उपाध्यक्ष र सचिवहरू आफूबिरुद्ध योजनावद्ध रुपमा लागेको उहाँकाे बुझाई रहेको छ ।
‘कति ङ्यार– ङ्यार सुन्ने ? कति क्याऊँ–क्याऊँ सुनेर बस्ने ? पदाधिकारी छ तर हरेक दिन त्यही गरेको छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘ठिक छ, महाधिवेशनमा पुनर्गठन गरौँ न त, काम नगर्नेहरू गए हुन्छ, काम गर्ने बसे हुन्छ, कसले काम गरेको छ, छैन कार्यकर्ताले देखेको छ, कार्यकर्ताले फैसला गर्छ, यो दिनरातको र्याइँर्याइँ, मिडियामा गएर जताततै बोलेको छ ।’
‘उनीहरूले कराँते सिक्ने भनेको अन्त होइन, मेरै टाउकोमा हान्नको लागि हो, अभ्यास नै त्यही भयो, जसले निकाल्यो, उनीहरूलाई मैले उपाध्यक्ष र सचिव बनाएको हो, नत्र भने कहाँबाट आउँथे ?’ ओलीले भन्नुभयो ।

ओलीले प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने बेलामा आफ्नो राजीनामा मागिएको भन्दै पदाधिकारीप्रति कडा असन्तुष्टि जनाउनु भयो । आफूले पार्टीमा हैसियत दिएकाहरू नै बिरुद्धमा लागेको उहाँको भनाई छ । सो क्रममा उहाँले ०७७ सालमा आफूलाई पार्टी सदस्यबाटै हटाउनेहरूलाई महाधिवेशनबाट उपाध्यक्ष बनाएर पार्टी अघि बढाएको सुनाउनु भयो ।
एमालेमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरू त्यसबेला यो काममा संलग्न रहनुभएको थियो । पछि १० बुँदे सहमतिपछि एमालेमै रहनुभएको हो ।
‘उनीहरूले कराँते सिक्ने भनेको अन्त होइन, मेरै टाउकोमा हान्नको लागि हो, अभ्यास नै त्यही भयो, जसले निकाल्यो, उनीहरूलाई मैले उपाध्यक्ष र सचिव बनाएको हो, नत्र भने कहाँबाट आउँथे ?’ ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीले माधव नेपालहरूले एमाले ध्वस्त पार्न खोजे पनि आफूले बचाएर यहाँसम्म ल्याएको तथ्यसमेत राख्नुभयो ।













प्रतिक्रिया दिनुहोस्